अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ सीतापुर झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा कारमा सवार पाँच जना घाइते भएका छन् ।
तनहुँको आबुखैरेनीबाट सुपा देउराली दर्शन गरेर फर्कने क्रममा कार झोलुङ्गे पुल नजिकै ग३च १५७९ नम्बरको कार दुर्घटना हुँदा पाँच जना घाइते भएको र घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।



दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।
कार सडकबाट करिब २५ मिटर तल सुपाखोलामा पुगेको छ ।
