नरेन्द्र कुमार क्षेत्रीको “स्मृतिका पानाहरु” विमोचन

अर्घाखाँची । लेखक नरेन्द्र कुमार क्षेत्रीद्वारा लिखित कृति स्मृतिका पानाहरु विमोचन गरिएको छ ।

लेखक क्षेत्रीद्वारा लिखित सस्मरणात्मक कृति “स्मृतिका पानाहरु” एक कार्यक्रमका बिच नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल, नवनिर्वाचित प्रदेश सांसद रामजि प्रसाद घिमिरेले विमोचन गरेका हुन् ।

कृति क्षेत्रीका दिवांगत आमा अम्बिका क्षेत्री र बुबा दिपबहादुर क्षेत्री प्रती समर्पण गरिएको छ ।

कृतिमा लेखकले भोगेका र गरेका संघर्ष, जिबनका महत्त्वपूर्ण मानिस, शैक्षिक गुणस्तरको सुधार तथा शिक्षक आन्दोलन, कम्युनिस्ट आन्दोलन लगाएतका बिषयबस्तु समेटिएको छ ।

२००६ साल असोज ३० गते अर्घाखाँचीको मलारानीमा जन्मिएका क्षेत्रीले यसअघि “बिगत र बर्तमान” नामक पुस्तक समेत लेखिसकेका छन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?