spot_img
spot_img

सुन चाँदीकै भाउ लगातार बढ्याे, सुन आज तोलाको एक लाख पाँच सय रुपैयाँ पुग्यो

सुन चाँदीको भाउ लगातार बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनकाे भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ पुगेको छ । लगातार बढेको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर एक लाख पाँच सय रुपैयाँ पुगेको हो ।

अस्ति शुक्रवार तोलामा ६ सय रुपैयाँले बढेर सुन तोलाको एक लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

Workplace

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रवार १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीवार सुन तोलामा ९९ हजार ७ सय रुपैयाँमा र चाँदी १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुन–चाँदीको भाउ बढेकाले त्यसको असर नेपालमा पनि परेको महासङ्घले जनाएको छ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?