अर्घाखाँची । साना किसान कृषि सहकारी संस्था लिमिटेड नरपानीको २४ औँ बार्षिक साधारणसभा तथा ९ औँ अधिबेशन सम्पन्न भएको छ ।
साधारणसभा तथा अधिबेशनले सुनिता बि.क. को अध्यक्षता मा १३ सदस्यीय नयाँ संचालक समिति निर्बिरोध चयन गरेको छ । जसको उपाध्यक्षमा अमृता भुसाल, सदस्यहरुमा इन्द्र बहादुर बल्दार, राधिका खत्री, भेष बहादुर जि. सि., सिमा थापा, गोमा पन्थी, ओम बहादुर थापा, मनिराम आचार्य, सुनिया बुढा मगर पहराइ, माया बि.क., सीता खड्का, राधा महत्रा थापा रहेका छन् । यस्तै नबराज के.सि.को सम्योजकत्वमा ३ सदस्यीय लेखा समिति समेत निर्विरोध निर्वाचित गरेको छ । जसको सदस्यमा लक्ष्मी महत्रा, टोपकली कब्दार रहेका छन् ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर अधिकारिको अध्यक्षता, सन्धिखर्क नगरपालिका वाड न. ६ का वडा अध्यक्ष श्रीधर महत्रा क्षेत्रिको प्रमुख आतिथ्यता र संस्थाका कम्प्युटर अपरेटर प्रकाश महत्राको संचालनमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य कमल घिमिरे, पाणिनि गाउँपालिका वाड न. ७ का वडा अध्यक्ष गुनाखर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
