spot_img
spot_img

भुमिकास्थान नगरपालिकाद्वारा घरदैलोमा योजना सम्झौता

अर्घाखाँची । सेवाग्राहीलाई छिटोछरितो तथा सहज सेवाका लागी भुमिकास्थान नगरपालिकाले घरदैलो अभियान सञ्चालन गरिरहेको छ । नगरपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ।

एकैदिन सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडा-वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालले बताए । समयमै योजना सम्पन्न गर्न तथा तोकिएका कागजात लिएर भुक्तानी लैजान उनले आग्रह गरे ।

Workplace

भुमिकास्थान नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनौट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद पोख्रेलले जानकारी दिए। ‘नगर र वडाले छनौट गरेका योजनाको एकैदिन सम्बन्धित वडाबाटै सम्झौता गरिएको छ,उनले भने,‘प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जिनियर नगरपालिकाबाट वडामा जाने र सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनौट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच कार्य सम्झौता गरिएको छ।’

भुमिकास्थान नगरपालिका वडा नम्बर-९, ढिकुराका १४ वटा योजना सम्झौता भएका छन् । कार्यक्रममा नगर प्राविधिक मोहनलाल कार्की, सेन्चुरी कमर्सियल बैंकका शाखा प्रबन्धक सुरज कंडेल, त्रिलोक अधिकारी, टंक आचार्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम कार्यवाहक वडाध्यक्ष सुरत सोमईको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद पोख्रलको प्रमुख आतिथ्यता, वडा सचिव तुल्सी पोख्रेलको स्वागत मन्तव्य तथा शेषकान्त घिमिरे ‘ओशन’ को सञ्चालनमा सम्पन्न भएको हो ।

वडामै योजना सम्झौता हुने भएपछी गाउँठाउँका लागी छुट्याइएका योजना सम्झौता गर्न उपभोक्ता समितिले नगरपालिकाको केन्द्र धाउनु पर्ने बाध्यता टरेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?