back to top
६ बैशाख २०८१, बिहिबार
IPL 2024
IPL 2024
spot_img
६ बैशाख २०८१, बिहिबार
IPL 2024
spot_img

नेकपा नातावाद र म…

Workplace

म सानै छँदादेखि नै न्याय खोज्ने र समानताको पक्षमा लाग्ने गरेका कुराहरू अहिले पनि सम्झनामा ताजै छन् त्यसको एउटा उदाहरण अहिले पनि झलझली सम्झिरहेको छु । म करिब १० वर्षको हुँदा करिब १ वर्ष जति वरम्कोटका वनमा गोरु चराउन जाने गरेका बेला बाँगी खोलाको बिचमा ठुला ढुङ्गामा एउटा अलि ठुलो पानीको छहरो समेत रहेको एउटा अ ठुलो ढुङ्गाको कापमा काल्चे चराले गुँडमा बच्चा कोरलेको देखे । त्यसको ४-५ दिनपछि एक दिन गाउँकै एकजना दाजुसँग सल्लाह गरी ती काल्चेका बचेराहरू ल्याउने र पोली खाने भन्ने निर्णयमा पुग्यौं त्यो दिन अलि छिटै गोरुहरू घरमा लगेर हामी दुई जना तल खोलामा ती काल्चेका बचेराहरू लिन गयौ। ती दाजैले खोलाको छेउबाट मेरो एउटा हात समाउनुभयो म खोलाको छालमा रुझ्दै भिज्दै त्यो गुडमा हात लगि बचेराहरू निकाल्दै दाजैलाई पुग्न दिएँ । खोला बाहिर आएर हेर्दा बचेराहरू पाँचओटा मध्ये तीनओटाका आँखा उभिएका खुलेका अन्य दुईओटाका बन्द नै रहेछन् । हामीले उनीहरूतर्फ हात लैजाँदा बचेराहरूले आफ् सो आमाले खानेकुरा चारो लिएर आएको जस्तो मानी मुख खोल्दै आँ आँ गर्थे । हामीलाई बचेराहरूको मुख खोल्ने कार्यप्रति कुनै वास्ता थिएन। हामीले त जतिसक्यो चाडो घर पुगेर दुई भाग लगाउने, काटकुट गर्ने र पोली खान आतुर थियौं। बचेराहरू पाँचओटा भएकाले दुई भाग बराबर गर्न अलि गाह्रो थियो। तैपनि मैले दाजैको नियत खराव देखेकोले एउट जुक्ति निकाले सबैभन्दा ठुलो जेठो र कान्छो बचेरा एक भाग अनि माइलो, साइलो र काइँलो एक भाग गर्ने । त्यो कुरा बराबरी बाँड्ने न्यायपूर्ण थियो दाजैले दुईवटै कुरा मान्दै नमान्ने भन्दै जेठो माइलो र साइलो बचेरा समातिहाल्नु भयो र घर नजिकै पुग्यौं। मैले त्यसो गर्न नहुने, रोजेर एउटा भाग लैजानुहोस् होइन भने म त मान्दै मान्दिनँ भन्ने अड्डी लिएँ दाजै बचेराहरू लिएर दर्गुनुभयो। म रोएँ चिच्चाएँ तर ती काइलो र कान्छो आँखा नखुलेका बाँकी रहेका लगे लेजा नलगे नलैजा तेरो खुसी भन्दै उनी घरतर्फ दौडे । मैले ती बचेराहरू लगिनँ त्यही ढुङ्गाको कापमा छाडेर रुँदै फर्किए। त्यसदिनदेखि ममा ज्याद्राहरूप्रति घृणाको भाव सुरुवात भयो ।

Workplace

त्यो घटना भएको एक वर्ष पछि मलाई हाम्री कान्छी फुपु खकिश्वरा भुसालले पढ्नको लागि अर्घा लैजानुभयो र म अर्घा रासिचौरको जनज्योति मिडिल स्कुल, हालको स.न.पा ९ मा कक्षा २ मा भर्ना भएँ । त्यहाँ सुरुको दिनदेखि नै केही नमिठा घटनाहरू बेहार्नुपर्याे । केही महिनापछि आउनुभएका प्रधानाध्यापक जयकृष्ण पौडेलले साँझमा नाचगान सिकाउन सुरु गर्नुभयो तर मैले त सिक्नै सकिनँ स्कुलमा रामायणमा आधारित एउटा नाटक मञ्चन गर्ने तयारी भयो पात्रहरू चयन गर्दा अलि ठुला घरानिया र खाइलाग्दा केटाहरूलाई राम, लक्ष्मण भरत, सीता, हनुमानको रोलमा र म जस्तै अर्को एक जनालाई धोबीको र मलाई सबैभन्दा तुच्छ मानिएको धोबिनीको रोलमा खेल्न वाध्य पारियो तत्कालका हामीले सम्बोधन गर्दा मास्टरजी भनेर भनिनेले तिमीले खेल्नै पर्दछ भन्नुभयो म अत्यन्त अपमानित महसुस गर्दै त पिरहे तर मास्टरजीको आदेश पालना गरेँ। नाटक मञ्चन भएपछि धेरै समयसम्म पनि अर्घा कुडापानीतर्फका खास गरेर केटीहरूले मलाई बाटोमा जहाँ देखेपनि ए धोबिनी ए धोबिनी भन्दै जिस्काउँदै रहे मैले अरू केही गर्न नसक्ने भएपछि अत्यन्त मिहिनेतपूर्वक पढ्दै रहे, वार्षिक परीक्षामा होल फस्ट भएँ र कक्षा ५ बाट डबल प्रमोसन पाई १ वर्ष मै कक्षा ७ मा पढ्न लागें ।

वि.सं. २०२० चैत्र २ मा हाम्रो स्कुल चुत्राबेंसीमा झारेर हाइस्कुलको रूपमा सञ्चालन गरियो। म कक्षा ८ मा भर्ना भई पढाइ सुरु गरे। त्यहाँ पनि एक जना जि. वि. देशभक्त पाण्डे भन्ने भारतीय शिक्षकले मलाई पङ्क्तिभेद गर्दै अत्यन्त तुच्छ व्यवहार गर्नुभयो अर्को वर्ष कक्षा ९ मा पढ्दा मलाई किताब राखेर बोक्न साह्रै दुख पाएको देखी हाम्रै घरमा सिलाई गर्ने चूडामणि परियारले सिन्थेटिक लेदरको एउटा चिटिक्कको झोला सिलाएर दिनुभयो। त्यही झोलामा किताब कापीहरू टिमिक्क मिलाएर राखी स्कुलमा पुग्दा कक्षा के बजारिया हुनेखाने साथीहरूले जिस्काउँदै ए साथी आज त रेडियो ( त्यसवेला जुन बिरलै देखिन्थ्यो) लिएर आउनुभएको छ कि क्या हो ? छाटकाँट अर्कै छ है भन्ने दोहोऱ्याइरहे म चुपचाप सहेर बसिरहेँ र एकोहोरो पढाइ मै लागिरहें। हुने खानेहरूको यस्तो व्यवहारले ममा त्यस खालका हुनेखाने भनाउँदाहरूप्रति थप घृणा भाव विकास हुँदै गयो।

स्कुलमा मलाई मेरा परमादरणीय गुरु पुरुषोत्तम आचार्य र अलि पछि आउनुभएका हेडसर नेत्रलाल शर्मा अभागीहरूले शोषक, फटाहा र मिचाहाहरूको विरोध गर्ने र समानता एवं न्यायको पक्षमा दृढतापूर्वक लाग्नैपर्ने कुरामा प्रेरित गर्दै रहनुभयो त्यस्तो राम्रो काम कम्युनिस्ट पार्टीले मात्र गर्न सक्छ भन्ने कुरा उहाँहरूबाटै सुन्ने बुझ्ने अवसर पाएँ ।

केही पछि मखनको कालिका नेपाल राष्ट्रिय प्रा.वि.मा पढाउन छोडी तत्कालको गुल्मी र हाल वाग्लुङ्ग बडिगाड ४ ग्वालीचौर टारी भानु विद्याश्रम मिडिल स्कुलमा अत्यन्त मिहिनेतपूर्वक त्यति टाढाको ठाउँमा गई गणित विज्ञान कोही शिक्षक नभएको अवस्थामा मासिक तलब रु. १७० मा मात्र पढाउँदै रहें । १५- १६ महिनापछि त्यही गाउँकै एक जना साहुको छोराले एस.एल.सी. परीक्षा दिएर आएपछि सञ्चालक समितिबाट मलाई हाम्रो छोराले एस.एल.सी. दिएर आयो तपाईंले स्कुल छोडी दिएर ठाउँ खाली गरिहाल्नुहोस् भन्ने निर्णय सुनायो। मैले अहिल्लै त्यस्तो निर्णय आउने कुरा सोचेकोसम्म पनि थिइनँ। बाध्य भएर मैले तुरुन्त स्कुल बेडी घर आएँ। यी घटनाक्रमले मलाई अन्याय र अत्याचारको विरुद्धमा उत्रने कम्युनिस्ट पार्टीमा क्रियाशील हुन वल पुऱ्यायो। मैले पढ्दा नै कम्युनिस्ट पार्टीले मात्र न्याय दिन सक्छ त्यहाँ नातावाद, परिवारवाद, जातपात, उचनिच, छुवाछुत केही हुँदैन भन्ने बुझिसकेको थिएँ । म त्यही विश्वासमा अडिग थिएँ तर म माथि नै एक पछि अर्को गर्दै मार थपिँदै गए। मभित्र समाजमा देखिने यस्ता खालका अन्याय र अत्याचारले विद्रोहको आगो सल्कदै गयो।

बागलुङबाट फर्केपछि म अध्ययनको लागि काठमाडौँ गएँ र आनन्दकुटी साइन्स कलेज स्वयम्भूमा भर्ना भएँ । त्यहाँ पनि हुनेखानेहरूको हेपाइ भोग्दै रहें । त्यसवेला हामी क्षेत्रपाटी धोबीचौरको राणाको घरमा अर्घाखाँची लगायत विभिन्न जिल्लाका साथीहरू वस्ने गर्दथ्यौं हामीहरूले त्यहाँ हरेक शुक्रवार साँझ दुई घण्टा कम्युनिस्ट पार्टीका विषयमा पुस्तकहरू पढ्ने र छलफल गर्ने गर्दथ्यौं हामीहरूले त्यहाँ राम आसरे बर्माका कम्युनिस्ट परिचय भाग १, १२ देखि माओ, लेनिन, स्टालिन, एड्गेल्स, मार्क्स, होचिमिन्ह आदिका जीवनीहरू सुन्ने सुनाउने र छलफल चलाउँदै गयौं । त्यही समयमा अ.ने.रा.स्व.वि.यु.का नेता सीताराम मास्के, विश्वकान्त मैनाली आदिसँग पनि सम्पर्कित हुँदै गयो। उहाँहरूको सल्लाहमा समेत चिनियाँ उपन्यास, ओ.याङ्ग.हाइको गीत र माओत्सेतुङ्गको उदारतावादको विरोध पुस्तकहरू पनि पढ्ने काम भयो । यो क्रम एक वर्षसम्म चल्दै रह्यो

बाँगीमा घटेको तिलकराम काण्डमा मलाई पार्टी सचिव खुबीराम आचार्यले अन्याय अत्याच आदिको विरुद्धमा लाग्नुपर्दछ भन्ने कुरा तिमीलाई थाहा भइसकेको छ। यो काण्डमा तिमी न्यायको लागि दृढतापूर्वक लड्नुपर्दछ भन्नुभयो ममा युवा जोस तथा कम्युनिस्ट पार्टीमा लागेपछि ज्यान गए पनि जाओस् कुनै प्रवाह नगरी न्यायको लागि लड्नुपर्दछ भन्ने भावना विकास भइसकेको थियो। त्यसैले मैले त्यो काण्डमा आफ्नै ससुराको विरुद्धमा समेत उपस्थित सबैलाई चकित पार्दै तिलकरामको पक्षमा लडाइ लड़ें। पछि मुद्दा त हारियो तर मैले एउटा सच्चा कम्युनिस्टको सिद्धान्त अनुसार काम गर्ने कुराको पहिचान बनाएँ। नातावादमा विश्वास गर्नेहरू मेरो त्यो कार्यले जिब्रो टोक्दै रहे भने कम्युनिस्ट पार्टीको मान्छेहरूमा उत्हाह सब्बार भयो।

नातावादमा नलागी न्यायको पक्षमा आवाज उठाउनुपर्छ भन्दै हामीलाई सिकाउने निर्देसित गर्ने गुरु खुबीराम आचार्यले नै खन कुनाकटेरीको आफ्नो अलिअलि मावली नातेदार पर्नेको विवाहसम्बन्धी विषयमा हामीहरूसँग कुनै किसिमको सोधपुछ नै नगरी वास्तविकता नै नबुकी त्यो कठित नातेदारको ठुलै तावेदारी गर्न पुग्नुभएछ। हामीलाई बाँधेर लगी कार्वाही गर्नेसम्मका कुरा गर्नुभएछ। यी सबै कुराको बारेमा मैले धेरैबेर सोच बिचार गरें र कम्युनिस्ट पार्टीका नेताको यस्तो दोहोरो मापदण्डको बारेमा कडा रूपमा पेस हुने निर्णय मनमनै लिएँ तिलकराम हाँस्दै रहनुभयो केही बोल्नु भएन पछि पार्टीमा छलफल हुँदा खुबीराम आचार्यले आफूले हामीलाई बाँधेर ल्याउने भन्ने कुरा भन्दै नभनेको कुरा गर्नु भएपछि के पो गर्ने र ?

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा म उम्मेदवारको हैसियतले प्रचारप्रसारमा लाग्दा मैले नातागोताको हिसाबमा कसैसँग भोट मागिनँ आफैँले विभिन्न ढङ्गले सघाएका त्यसवेलासम्म एमाले मै क्रियाशील मावली भन्नेहरू र धेरै किसिमले सघाएका ससुराली एमाले भन्नेहरूसँग मैले सहयोग गरेको गुन छ कि भन्ने आधारमा गुन तिर्नुपर्यो भन्दै सहयोगको लागि अनुनय विनय गरें तर उनीहरू त नातावादको माकुरे जालमा अल्झिसकेका रहेछन्। उल्टै मेरो विरुद्धमा लाठी बजार्दै हाम्रा मानिसहरू माथि आक्रमणमै उत्रिए। सच्चा कम्युनिस्ट पार्टीका उनीहरू भए त ? सघाउन नसके पनि लाठी बजार्न नजानु पर्ने थियो कि ?

ने. क. पा. का विभिन्न समूहका नेताहरू नै परिवारवाद, फरियावाद र नातावादमा चुर्लुम्मै डुबिरहेका र आफ्ना छोराछोरी, बहिनी ज्वाई, भान्जा भान्जीहरूलाई नै सबैतिर प्राथमिकता दिँदै गरेका समाचारहरू दिनहुँजसो पत्रपत्रिकामा प्रकाशित र प्रसारित भइरहेको परिदृश्य सबै का सामुन्ने दिनको घामजस्तै छर्लने छ कम्युनिस्ट पार्टीका मानिसहरू खास गरेर नेतागणहरू यी माथिका रोगहरूबाट मुक्त भई गरिब, निमुखा, बेसहाराहरूको पक्षमा गाँस, बास, कपासको ग्यारेन्टी गर्दा समाजवाद हुँदै साम्यवादसम्म पुग्नुपर्ने बाटोमा जानुपर्ने वेला अहिले त झन् अवसर मिलेसम्म परिवार र नाता मात्र नभई मितका ससुरालीहरू समेतलाई भए पनि अगाडि लगाउन उद्दत छन् यस्ता क्रियाकलापले कम्युनिस्ट पार्टीलाई लक्ष्यमा पुग्न तगारो लगाइर हेछन्। समय छदै सोचौ कि ?

नरेन्द्र कुमार क्षत्रीकाे “स्मृतिका पानाहरू” बाट
Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?