spot_img
spot_img

अर्घाखाँची : श्रीमतीद्वारा आफ्नै श्रीमानको हत्या

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।

जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं १ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले आफ्नै ७७ बर्षिय श्रीमान बल बहादुर सार्कीको हत्या गरेकी हुन् । बलबहादुर र लक्ष्मी बिच मंसीर २४ गते साझ झगडा हुँदा बल बहादुर सार्कीले श्रीमतीलाई कुटपिट गरेका र सोही रिसले लक्ष्मी नेपालीले आफुले कम्मरमा बाँधको पटुका निकाली श्रीमानको घाँटीमा पासो लगाई दोस्रो तलाको दलिनमा झुण्डाई मारेको बयान दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे जानकारी दिए ।

Workplace

 

प्रहरीका अनुसार लक्ष्मीले पासोबाट लाश निकाली भुईमा राखी पटुका आफ्नो कम्मरमा बाँधी आफुलाई श्रीमानले कुटपिट गरेको भन्दै गुहार मागेकी थिईन । सार्की दाम्पतिले झगडा हुनु पहिला रक्सी सेवन गरेका थिए ।

लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थपी अनुसन्धान अगाडी बढाएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (81%)
  • अचम्मित (15%)
  • हाँस्यास्पद (4%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?