अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
भुमिकास्थान नगरपालिका २ ठुलाखर्क भित्र सड़क स्थितमा लु ४ त९२२न को ट्रयाक्टर बालुवा लोड गरी खाकादेसी बाट ढाकावाङ तर्फ जाने क्रममा ट्याक्टर आफै अनियन्त्रित भई पल्टिदा भुमिकास्थान नगरपालिका वडा नम्बर २ ठुलाखर्कका ३५ बर्षिय ठाकुर पाण्डेकाे मृत्यु भएकाे हो ।



ट्याक्टर बाटो बाट करिब १५० मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
