
ड्यूकले आफ्नो पति आन्द्रेलाई भेट्दा उनी हाइस्कुल पढ्दैथिइन्। विवाहको २२ वर्षपछि यी दम्पतीका ९ सन्तान छन्।
दम्पतीका २१ वर्षीया सन्तान आलिया, २० वर्षीया शीना, १७ वर्षीया युना, १७ वर्षीया झान, १७ वर्षीय क्यारो, १६ वर्षीया सय्याह, १४ वर्षीया अवि, १३ वर्षीय रोमानी, १२ वर्षीया ताहज र १० वर्षीया सन्तान छन्। ड्यूक लगातार १२ वर्षदेखि गर्भवती छिन्।
९ सन्तानकी आमा कोरा ड्यूक सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन्। उनी आफ्ना बच्चाहरूसँग पारिवारिक भिडियो र फोटोहरू सेयर गरिरहेकी हुन्छिन्। यद्यपि उनी एक भारोत्तोलक पनि हुन् र आफ्नो फिटनेससँग सम्बन्धित पोस्टहरूमा अपडेट हुन्छिन्।
अमेरिकाको लस भेगास निवासी कोरा ड्युकलाई सामाजिक सञ्जालमा प्रयोगकर्ताले ‘सुपरमम’ भनेर बोलाउँछन्।
कोरा भन्छिन्, ‘२८ वर्षको उमेरसम्म मैले नौ सन्तान जन्माउने योजना बनाएकी थिए।’
कोरा ड्युकलाई इन्स्टाग्राममा ४ लाखभन्दा बढिले फलो गरेका छन्। उनलाई देखेर कसैले अनुमान गर्न सक्दैन कि उनी ९ सन्तानकी आमा बनेकी छिन्।
