अर्घखाँची । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सोमबार सन्धिखर्कको साथि होटल प्रालीमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ । अधिवेशनले राजेन्द्र जिसीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । जिसी यसअघि पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीकाे अध्यक्ष थिए ।

जसको प्रथम उपाध्यक्षमा तेजेन्द्र समशेर पाण्डेय, उपाध्यक्षमा सागर परियार, महिला उपाध्यक्षमा बन्दना चौहान, सचिवमा सन्तोष शर्मा, कोषाध्यक्षमा नारायण थापा सह–सचीवमा तिलका भुसाल, सह–कोषाध्यक्षमा तेजबहादुर नेपाली, सदस्यहरुमा पुजा केसी, श्रीधर पन्थी, मानबहादुर विक, नवीन रसाइली, बेगम पुन, ठाकुर गन्धर्व, जीवन खड्का, शिव रन्जन रहेका छन् ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्य दिपक गरौजा, प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष डिल्ली नारायण पाण्डे, प्रदेश सदस्य सहयोगी बि। सि। को समेत उपस्थिती रहेको थियो ।
