अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा नम्बर २ को वडा कार्यालयको उद्घाटन गरिएको छ । सन्धिखर्क नगरपालिकाको वार्ड नम्बर २ स्थित नवनिर्मित भबनको एक समारोहबीच सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उदघाटन गरे ।
यस्तै कार्यक्रममा सागर निर्माण सेवाका सन्चालक कासिराम बस्याललाई सम्मान गरीएको समेत गरीएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर २ को प्रशासकीय भबन निमार्ण कार्य समयमा नै सम्पन्न गरेको भन्दै उनलाई सम्मान गरीएको हो ।

निर्माण ब्यबसायि सघं अर्घाखाँचीका सहअध्यक्ष समेत रहेका बस्याललाई नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ उपप्रमुख मिश्रा आचार्य वडा नम्बर २ का अध्यक्ष मोतिजङ रायमाझीले सम्मान गरेका हुन् ।
