spot_img
spot_img

सर्लाहीमा कुटपिटबाट वृद्धाको मृत्यु

सर्लाही । जिल्लामा एक वृद्धाको कुटपिटबाट मृत्यु भएको छ।

चक्रघट्टा गाउँपालिका–२ बेल्हीमा कुटपिटबाट जयसी रायकी ७० वर्षीय श्रीमती सागरदेवी रायको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए ।

Workplace

छिमेकी पुकार रायसँग जग्गाको विषयमा विवाद हुँदा कुटपिटबाट रायको ज्यान गएको हो । पुकार रायको घर परिवारका सदस्यको कुटाइबाट आफ्नी आमाको मृत्यु भएको मृतककी छोरी सिकिलियादेवी यादवले आरोप लगाइन् ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा ल्याइएको छ । घटनामा संलग्नको खोजी तथा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?