पाल्पा । पाल्पामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रिब्दिकोट गाउँपालिका वडा नं. १ जोरपोखरी कोटखराका ७५ वर्षीय खिमबहादुर वि।क। रहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान आफ्नै घरको अगेनामा आगो ताप्ने क्रममा शरिरमा आगलागी भएर वि।क।को मृत्यु भएको प्रहरीले जनाएको छ । खरले छाएको कच्ची घरमा आगो बालेर ताप्ने क्रममा अचानक आगलागी भएको हुँदा घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिएका छन् ।
