अर्घाखाँची । लामो समयको विवादपछि सन्धिखर्क नगरपालिकाले विषयगत समितिमा संयोजकको जिम्मेवारि तोकेको छ । राजनीतिक भागबण्डा नमिलेपछि विवादित विषयगत समिति टुंगोमा पुग्न सकेको थिएन ।
सोमबार बसेको कार्यपालिकाको बैठकले उक्त समितिको संयोजक तय गरेको हो । जसअनुसार लेखा समिति संयोजकमा हुम प्रसाद बञ्जाडे, सामाजिक विकास समिति संयोजकमा नारायण खड्का, सुशासन समिति संयोजकमा माधव श्रेष्ठ, वन तथा वातावरण समिति संयोजकमा जमसेर मियाँले जिम्मेवारी पाएका छन् ।

यस्तै आर्थिक विकास समिति संयोजकमा मोहनसिंह ठकुरी, विधान मस्यौदा समिति संयोजकमा चुरा बहादुर के.सी. र भौतिक पुर्वाधार विकास समिति संयोजकमा पदम बहादुर भुसालले जिम्मेवारी पाएको वडा नं. १ का वडाध्यक्ष माधव श्रेष्ठले जानकारी दिए ।
