spot_img
spot_img

भारतको अग्रतलामा ज्योतिष सम्मेलन सम्पन्न

भारतको त्रिपुराको अग्रतलामा यही डिसेम्बर ९, १० र ११ मा “३० औं एसियन ज्योतिष सम्मेलन – २०२२” सम्पन्न भएको छ । दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समिति नेपाल, एसियन एट्रोलोजर कङ्ग्रेस – बङलादेश, एस्ट्रोलोजिकल रिसर्च ईन्स्टिच्युट अफ कृष्णमुर्ति पद्धति त्रिपूरा भारत, सेन्टर अफ एस्ट्रोलोजिकल स्टडी एण्ड रिसर्च झारखन्ड भारत समेतको संयुक्त आयोजनामा भएको तीन दिने सम्मेलनमा विभिन्न सत्रका प्रमुख अतिथिहरुमा दक्षिण एशियाली ज्योतिष महासंघका वरिष्ठ सल्लाहकार नासाका वैज्ञानिक डा. ओमप्रकाश पाण्डे (भारत), त्रिपूरा विश्वबिद्यालयका उपकुलपति प्रा.गङ्गा प्रसाद प्रसाईं, वरिष्ठ सल्लाह जयन्द्र कृति सरस्वती महाराज (छडिवाले बाबा), वरिष्ठ सल्लाहकार प्रा. डा. एस. के. शाश्त्री हुनुहुन्थ्यो भने कार्यक्रमको संयोजक महासंघका भारत च्याप्टर उपाध्यक्ष तथा त्रिपूरा राज्यका अध्यक्ष डा. विश्वजीत भट्टचार्य तथा कार्यक्रमको संचालन डा. कौसल सेनले गर्नु भएको थियोे ।

सम्मेलनमा दक्षिण एसियाली ज्योतिष महासंघका अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य लक्ष्मण पन्थी, सह-अध्यक्ष आचार्य अशोक कुमार मिश्र (भारत), उपाध्यक्ष डा. देवीप्रसाद खनाल, डा. श्री राम आचार्य (बङ्गलादेश), राष्ट्रिय समिति बङ्गलादेशका अध्यक्ष प. बिजय शर्मा, महासचिव एस. के. आचार्य (बङ्गलादेश), सचिव विश्वजीत चटर्जी (बङ्गलादेश), राष्ट्रिय समिति नेपालका सचीव प. होमराज सुवेदी, संगठन सचिव तथा विश्व ज्योतिष महासंघका केन्द्रीय सदस्य तुलसा रेग्मी, विश्व ज्योतिष महासंघ केन्द्रीय समिति सदस्य प. बलराम लम्साल, नेपाल ज्योतिष परिषद् १ नम्बर प्रदेश समितिका सदस्य बिक्रम अधिकारी, मन्जु खनाल, महासंघ अन्तर्राष्ट्रिय समितिका सदस्यहरुमा डा.अविज्ञान आचार्य (कोलकाता, भारत), डा. अनिमेश शाष्त्री (कोलकाता, भारत), डा.नरेन्द्र कुमार (राचि भारत) लगाएत २५० जना प्रतिनिधिको सहभागी भएको थियोे ।

Workplace

उक्त अवसरमा दक्षिण एशियाली ज्योतिष महासंघ र विश्व ज्योतिष महासंघको अन्तर्राष्ट्रिय समितिको बैठक पनि सप्पन्न भयो । बैठकले दक्षिण एशियाली ज्योतिष महासंघको सल्लाहकारमा प्रा. डा. अनिल मित्र , त्रिपूरा च्याप्टरको महिला सम्योजकमा ज्यो.दालिया आचार्य (अग्रतला), भारत च्याप्टर को कन्भेनरमा डा. कौशल सेन, सदस्यमा श्रीभाष्कर (कोलकाता), डा. कुन्तल कुमार मुखुटी (कोलकाता) र विश्व ज्योतिष महासंघको बङ्गलादेशको राष्ट्रिय समितिमा डा. श्रीराम आचार्जी, एशिया च्याप्टर उपाध्यक्षमा प्रा. डा. अनिल मित्रलाई मनोनित गरिएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?