अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जिल्ला स्तरिय कफि बालि सम्बन्धी तालिम सम्पन्न भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन ईकाइ अर्घाखाँचीको आयोजना सञ्चालन भएको ३ दिने तालिममा सहभागीले सिकेको कुरा व्यवहारमा लागु गर्ने बताएका थिए ।

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन एकाई अर्घाखाँचीका प्रमुख तथा समापन कार्यक्रमका अध्यक्ष रामनाथ पाण्डेका अनुसार ‘अर्घाखाँची कफिका लागी उपयुक्त ठाउँ हो, जिल्लामा ४५ हेक्टरमा कफि खेती भएको छ, २० हजार हेक्टर क्षेत्रफल सम्भावना रहेको ठाउँ हो, पाण्डेले बताए ।
३ दिने तालिमको समापनमा सहभागीको तर्फबाट मन्तव्य राख्दै भएको कृषकहरु पुष्करनाथ बन्जाडे र सविता बन्जाडेले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्ने बताउँदै प्रभावकारी भएको बताइन् ।
अर्घाखाँची कफि जोनका अध्यक्ष कृष्णप्रसाद पाण्डेको प्रमुख अतिथी रहेको कार्यक्रम तालिम संयोजक मनोज खनालको सञ्चालनमा सम्पन्न भएको हो । तालिममा २० जना कृषकहरु सहभागी थिए ।
