चीनसँगको सीमा क्षेत्रमा उत्पन्न परिस्थितिलाई साम्य पार्ने भारतको प्रयासमा अमेरिकाकाे समर्थन

एजेन्सी । अमेरिकाले चीनसँगको सीमा क्षेत्रमा उत्पन्न परिस्थितिलाई साम्य पार्ने भारतको प्रयासमा आफ्नो समर्थन रहेको जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले भारत र चीनबीच द्वन्द्व थप बढ्न नदिन तथा सिमानाको अवस्थालाई सामान्य बनाउन भारतले गरिरहेको प्रयासमा समर्थन रहेको जनाएको हो । गएको शुक्रवार चीन र भारतको सीमाक्षेत्र अरुणचल प्रदेशको तवाङ्ग र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको थियो ।

भारत र चीन दुवैले एकअर्कालाई आफ्नो भूमिमा अतिक्रमण गरेको आरोप लगाएका छन् । भारत–चीन सीमाको वास्तविक नियन्त्रण रेखा (एलओसी) मा चीनले सैनिक उपस्थिति बढाउने तथा सैन्य पूर्वाधार निर्माण गर्नेलगायत त्यहाँ विकसित घटनाक्रमलाई पेन्टागनले नजिकबाट नियालिरहेको मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले बताएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।

बेइजिङमा मङ्गलवार भएको नियमित पत्रकार सम्मेलनमा चीनले पनि पछिल्लो पटक झडप भएको सीमा क्षेत्रको स्थिति अहिले सामान्य एवम् स्थिर रहेको जनाएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि भारत र चीनबीचको तनावलाई कम गर्न आह्वान गरे ।

महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले भारत–चीन सीमा क्षेत्रमा थप तनाव बढ्न नदिने सुनिश्चितताका लागि आह्वान गरेकाे खबरमा उल्लेख छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?