spot_img
spot_img

किएभ र आसपासका क्षेत्रमा रुसी आक्रमणलाई असफल पारेको युक्रेनको दाबी

एजेन्सी ।  राजधानी किएभ र आसपासको क्षेत्रमा रुसले गरेको आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।

रुसले हिजो विस्फोटक पदार्थले भरिएका ड्रोनबाट गरेको आक्रमणलाई आफ्नो वायु रक्षा प्रणालीले विफल पारेको युक्रेनी अधिकारीहरूको दाबी छ । रुसी आक्रमणलाई विफल पारे पनि ड्रोनका केही भग्नावशेषबाट पाँचवटा भवनमा क्षति पुगेकाे तर कुनै मानवीय क्षति नभएको युक्रेनले जनाएको छ ।

Workplace

रुसले युक्रेनका पूर्व र दक्षिणी भागमा रहेका विद्युत् प्रसारण केन्द्रलगायत भौतिक पूर्वाधारलाई लक्षित गरी आक्रमण गर्दै आएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १३ वटा ड्रोनहरू प्रहार भएको र ती सबैलाई रोकिएको बताएको समाचार संस्था एपीले जनाएको छ ।

किएभका प्रमुख प्रशासक सेर्ही पोप्कोले दुई चरणमा भएको रुसी आक्रमणलाई असफल पारेको तर ड्रोनका भग्नावशेषले एउटा प्रशासनिक भवन र चारवटा आवासीय भवनमा क्षति भएको जानकारी दिएका छन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?