अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) मुकुन्द प्रसाद रिजाल पुरस्कृत भएका छन् ।
रिजालले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनमा सुरक्षाका दृष्टिकोणले खेलेकाे भुमिकाकाे प्रसंसा गर्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उनलाइ सम्मान साथै पुरस्कृत गरेकाे हाे ।

रिजाल उत्कृष्ट कार्यालय प्रमुखको रुपमा पुरस्कृत भएका हुन् । उनलाइ लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नगद पुरस्कार सहित पुरस्कृत गरेकाे हाे ।
