spot_img
spot_img

ढुंगाले हानेर आफ्नै श्रीमानकाे हत्या

४० वर्षीय श्रीमान मन बहादुर नेपालीलाई ढुंगाले हानेर हत्या गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोल बस्ने ३६ वर्षीया शुसिला विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण शुसिलाले श्रीमानको टाउकोमा ढुंगा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि जिपी कोइराला राष्ट्रिय श्वास-प्रश्वास उपचार केन्द्र बेलचौतारामा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

Workplace

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?