back to top
१४ बैशाख २०८१, शुक्रबार
IPL 2024
IPL 2024
spot_img
१४ बैशाख २०८१, शुक्रबार
IPL 2024
spot_img

चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह

Workplace

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जाडोमा केही रोगको प्रकोप बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेका छन्।

Workplace

केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिलालाई विशेष सावधान अपनाउन उनले आग्रह गरेका छन्। तथ्याङ्कअनुसार आज बिहान काठमाडौँ उपत्यकाको तापक्रम ७.६ डिग्रीमा झरेको थियो।

चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन  र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न मन्त्रालयले आग्रह गरेको छ।

जाडो बढेसँगै तराईका कतिपय जिल्लामा हुस्सुसमेत लाग्न थालेको छ। यस्तै घरबाहिर खुला स्थानमा धेरै समय नबस्न, तातो खानेकुरा तातोपानी पिउन समेत आग्रह गरिएको छ। हिटर वा आगो ताप्दा गिजर प्रयोग गर्दा कोठामा राम्रोसँग हावा आवतजावतको व्यवस्था गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

‘हावा आउजाउको व्यवस्था नहुँदा कतिपय अवस्थामा निस्सासिएर दुर्घटना हुने जस्ता घटना अवस्था आउने गरेको पाइन्छ’, उनले भने, ‘त्यसैले हिटर गिजर प्रयोग गर्दा हावा आवतजावत हुने ठाउँ रहेको हुनुपर्छ।’

चिसोले गर्दा मुटु रोग, हृदयघात, फोक्सोमा समस्या श्वासप्रश्वास, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, रुघाखोकी, ज्वरो जस्ता रोगका समस्या देखिन सक्छ।

त्यसैगरी दूषित खाना र पानीबाट अधिकांश रोग सर्ने भएकाले खानेकुरामा ध्यान दिनसमेत मन्त्रालयको आग्रह छ। खानेकुरा र खानेपानी सफा भाँडामा ढाकेर राख्न, खाना बनाउनुअघि र खानुअघि साबुन पानीले राम्रोसँग हात धुन पनि मन्त्रालयले आग्रह गरेको छ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?