spot_img
spot_img

पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोष बर्खास्त

काठमाण्डाै । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्त भएका छन् ।

कतारमा भइरहेको फिफा विश्व कपको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित भएपछि पोर्चुगल फुटबल महासङ्घले सान्तोष बर्खास्त गरेको हो । विश्व कपको अन्तिम–१६ र क्वाटरफाइनलका खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि प्रशिक्षक सान्तोषको आलोचना भएको थियो ।

Workplace

पहिलो पटक क्वाटरफाइनमा पुगेको मोरक्कोसँग पोर्चुगल १–० गोलले पराजित भएपछि बाहिरिएको थियो । सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिपसम्मका लागि सान्तोषले सम्झौता गरेका थिए । तर सम्झौता अगाडि नै उनी बर्खास्त भएका हुन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?