spot_img
spot_img

वडाअध्यक्ष र कार्यपालिका सदस्यलाई मेयर साम्पाङको जवाफ–नैतिकताको आधारमा राजिनामा दिनुस्

धरान । मेयर हर्कराज राई (साम्पाङ) ले कार्यपालिका बैठक निरन्तर बहिष्कार गरेका वडाअध्क्ष तथा कार्यपालिका सदस्यहरुलाई नैतिकताको आधारमा राजिनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन्।

कार्यपालिका सदस्यहरुले निरंकुश र अराजक बनेको आरोप लगाएपछि मेयर साम्पाङले पनि शुक्रबार कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेका हुन्। उनले कार्यपालिका सदस्यहरुले कानुन विपरीत बैठकमा भाग नलिएर कर्तव्य पुरा नगरेको साथै अनुशासनहिनता र लापरवाही गरेको कारण सच्चिन आवश्यक भएको पनि बताए। ‘सबै कार्यपालिका सदस्यहरु तुरुन्त सच्चिन आवश्यक देखिन्छ, अन्यथा नैतिकताको आधारमा राजिनामा दिएर मार्ग प्रशस्त बनाई धरानको विकासको लागि बाटो प्रशस्त गरिदिन अपरिहार्य रहेको जानकारी गराउँदछुँ,’मेयरले भने,‘हाम्रा काम कारबाहीको मुल्यांकन गर्न पनि धराने जनतालाई अनुरोध गर्दछुँ।’

Workplace

मेयर साम्पाङले आफुले कुनै पनि गल्ती नगरेको कारण माफी नमाग्ने अडान पुनः दोहोर्याए। महिनामा कम्तीमा एक पटक कार्यपालिका बैठक बस्नुपर्ने नियमलाई उल्लंघन गर्दै कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेर धराने जनताको आदेश अनुरुप आचरण नगरेको र विधिको शासन पनि नमानेको भन्दै मेयर साम्पाङले खेदसमेत प्रकट गरे।

‘विगत २५ बर्षदेखि बिर्सिएको अवस्थामा रहेको पार्कलाई सबै जातजातिको मौलिक पहिचान झल्कने गरि बहुसाँस्कृतिक पार्ककोरुपमा पुर्ननिर्माण गर्ने प्रस्ताव गर्दा नियोजित तरिकाले खण्डन गर्न लगाउने, जातीय संघसंस्थाहरुसँगको छलफलमा समेत फरक मत राख्न लगाउनु खेदजनक छ,’मेयर साम्पाङले भने,‘उक्त प्रस्तावबारे आफ्नो विचार राख्दा कार्यपालिका सदस्यले मर्यादा मिचेर अभद्र शैलीमा अनुशासनहिनता देखाउदा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ उपधारा ४ को खण्ड क को ६ ले नगर प्रमुखलाई दिएको अधिकार प्रयोग गरि रोक्न खोज्दा कार्यपालिका विधिको धज्जी उडाएर होहल्ला गरिनु गैरकानुनी, आपत्तिजनक र खेदजनक घटना हो।’

मेयर साम्पाङले आफु बैठक बस्नको लागि निरन्तर आह्वान गरेपनि कार्यपालिका सदस्यहरुले बहिष्कार गरिरहेको भन्दै जनमतको अनादार भइरहेको पनि बताए। उनले आफु बैठक बस्ने पक्षमा नै रहेको र फेरि ३ दिनमा बैठक आह्वान गर्ने उनले बताए। ‘म त बैठक बसाउने पक्षमा नै छुँ। बैठक बोलाएकै छुँ, उहाँहरु नै बहिष्कार गर्नुहुन्छ। अझै ३ दिनमा फेरि बैठक बोलाउछुँ,’मेयर साम्पाङले भने। दलित समुदायलाई अपमान हुने गरि सामाजिक सञ्जाल ९फेसबुक० मा चमारे बुद्धि लेखेको प्रशंगमा पनि मेयर साम्पाङले कुनै समुदायलाई लक्षित गरेर आफुले नलेखेको जिकिर गरे।

मेयर साम्पाङ र कार्यपालिका सदस्यहरुबीचको विवादले लगातार ३ पटक कार्यपालिका बैठक बस्न सकेको छैन। मेयर साम्पाङले कार्यपालिका सदस्य अनुप देवानले बोल्दै गर्दा रोकेको र गैरजिम्मेवारपुर्वक बाहिर जानु भनेर अपमान गरेको भन्दै माफी माग्नुपर्ने माग गर्दै कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले बैठक बहिष्कार गर्दै आएका छन्। मेयर साम्पाङले भने आफुले गल्ती नगरेकोले माफी नमाग्ने अडान लिदै आएका छन्। स्वतन्त्रबाट निवार्चित मेय साम्पाङ र राजनीतिक दलहरुबाट निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीचको द्धन्दले कार्यपालिका बैठक बस्न सकेको छैन।बैठक नहुदा महत्वपुर्ण निर्णयहरु रोकिएको छ भने उपमहानगरपालिका अनिर्णयको बन्दी बनेको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?