spot_img
spot_img

शिवमदन मा.वि अड्गुरीले मनायो ५२ औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस

प्रकाश प्युठानी,
अर्घाखाँची ।
पाणिनी गाउँपालिका वडा नम्बर ७ अड्गुरी सतिनेटामा रहेको शिवमदन माध्यमिक विद्यालयले ५२ औँ वार्षिक उत्सव मनाएको छ । साथै अनिवार्य अवकाश भएका शिक्षक रामराज पन्थीलाई बिदाइ समेत गरीएकाे छ ।

बिद्यालयले कक्षा १२ मा अध्यापन गराउने शिक्षकहरुलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा पबित्रादेबि छात्रवृत्ति समेत वितरण गरीएकाे छ । कक्षा १२ मा जिल्ला प्रथम हुने बाबुराम अधिकारी जनज्योति माबि का बिद्यार्थीलाई दस हजार रूपैयाँ कक्षा, १२ बिद्यालय प्रथम हुने हिमाल थापालाई आठ हजार रूपैयाँ साथै यसइइमा बिद्यालयबाट प्रथम हुने शोभा सुनारलाई सात हजार रूपैयाँ छात्रवृत्ति प्रदान गरीएकाे हाे ।

Workplace

उक्त छात्रवृत्ति प्रा.डा मोहन पन्थी तथा डा. इ सुदन पन्थीले उपलब्ध गराउदै आएका छन् ।

यस्तै गोदार माता पिता अक्षय कोषबाट कक्षा ८ प्रथम प्राबिधिक प्रथम र अनुसासित विद्यार्थीलाई गोदार मातापिता छात्रवृत्ति दिइएको थियो । ज्ञनहरी छात्रवृत्ति कक्षा ११ का ब्यबस्थापन तर्फ उत्कृष्ट बिध्यार्थीलाई दिइएको थियो ।

बिद्यालयका प्रधानाध्यापक राजेन्द्र पौडेलको अध्यक्षता, पाणिनी गाउँपालिका वडा न ७ का वडा अध्यक्ष गुनाखर अधिकारीकाे प्रमुख अतिथ्यता, शिक्षक कृष्ण प्रसाद खनालकाे स्वागत मन्तब्य र शिक्षक सीता बन्जाडेल को संचालनमा सम्पन्न उक्त कार्यक्रममा मान बहादुर घले, मेघ बहादुर गोदार,रामराज पन्थी, तुल्सी पौडेल, रुद्र महत्रा, पदम महत्रा, मनिराम आचार्य, बिनोद खड्का, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी लगायत शिक्षक, अभिभावक, बिध्यार्थीको उपस्थिति रहेको थियो ।

यस्तै बार्षिक प्रतिबेद तथा आय ब्याय बिद्यालयका प्रधानाध्यापक  राजेन्द्र पौडेलले प्रस्तुत गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै तुल्सी पौडेलले बिद्यालयको प्रगतीको लागि गर्नुपर्ने सहयोगमा आफू पछि नहट्ने बताएका थिए । यस्तै प्रमुख अतिथी समेत रहेका पाणिनी गाउँपालिका वडा नम्बर ७ अड्गुरीका अध्यक्ष गुनाखर अधिकारीले शुभकामना मन्तव्य राख्दै बिद्यालयको भौतिक आर्थिक कुनै पनि सहयोग स्थानीय तहबाट हुने बताउदै आफुले गर्न सकिने कुरामा आफू पछि नहट्ने प्रतिबद्धता जनाएका थिए ।

साथै शिक्षक गुणानिधी न्यौपानेको कबिता, शिक्षक बाबुराम पाण्डेको गजल र विद्यार्थीहरुको गित तथा नृत्यले कार्यक्रम राेचक बनेको थियो।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?