अर्घाखाँची । निजामती कमर्चारीहरुको आधिकारिक ट्रेड युनियन, जिल्ला कार्य समिति अर्घाखाँचीले विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न गरेको छ ।
डिभिजन वन कार्यालय, अर्घाखाँचीमा सहायक वन अधिकृत पदमा कार्यरत शिला पोखरेलको विदाई गरेको हो । उनी पूर्ण छात्रावृत्तिमा North Carolina State University मा वन विज्ञानमा स्नातकोत्तर अध्ययनको लागि अमेरिका जान लागेकी छन्।

कार्यक्रममा उपस्थित सबैले उनलाई अमेरिकासम्मको सुखद यात्राका साथै उच्च प्रगतिको कामना सहित विदाई गरेको थियो ।
