spot_img
spot_img

विश्वकप फाइनल खेल्ने बेलामा फ्रान्सका तीन खेलाडी बिरामी

एजेन्सी । विश्वकप २०२२ को फाइनलमा पुगेको टोली फ्रान्सका तीन खेलाडी अस्वस्थ भएका छन्। आइतबार हुने खेलमा उपाधिका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्न लागेको टोलीका राफेल वरान, इब्राहिम कोनेट र किंग्स्ली कोमान खेल अगाडि अस्वस्थ भएका हुन्।

खेलाडी चिसोका कारण अस्वस्थ भएको अनुमान स्वास्थ्य टोलीले गरेको छ। तीनैजना खेलाडी बिहीबार र शुक्रबारका प्रशिक्षणमा पनि सहभागी हुन सकेका थिएनन्। कोमान मोरक्कोसँगको सेमिफाइनल खेलमा सब्स्टिच्युट खेलाडीको रूपमा रहेका थिए। जो मैदानमा उत्रिएनन् भने वरान र कोनेट फ्रान्सको मुख्य डिफेन्सको रूपमा खेल्दै आएका थिए।

Workplace

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले वरान र कोनेटको स्वास्थ्यले आफूहरूलाई चिन्तित बनाएको जनाएका छन्। साबिक विजेता फ्रान्स यो पटक उपाधि रक्षा अभियानमा रहेको छ। जहाँ फाइनलमा उसको भेट दुई पटकको विश्व विजेता अर्जेन्टिनासँग हुँदैछ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?