एजेन्सी । विश्वकप फुटबलको उपाधिका लागि साबिक विजेता फ्रान्सले अर्जेन्टिनाको सामना गर्दैछ।
फाइनल खेल आइतबार बेलुकी पौने ९ बजे सुरु हुने तालिका छ। फाइनल भिडन्तअघि पत्रकारहरुसँग कुरा गर्दै फ्रान्सका प्रमुख प्रशिक्षक डिडिएर डेसच्याम्पले एमबाप्पे पूर्णरुपमा खेलमा केन्द्रित रहेको बताएका छन्।

एमबाप्पे मिडियासँग प्रायः बोल्दैनन्,उनले आफ्नो माइन्डसेटको कसरी मूल्यांकन गर्छन् रु भन्ने प्रश्नमा डेसच्याम्प भन्छन्, ‘उनले केही कार्यक्रमहरूमा मिडियासँग बोलेका छन्। उनलाई पनि शान्त रहनु र खेलमा फोकस हुनु जरुरी छ ।’
एमबाप्पेको मानसिकता एकदमै सकारात्मक रहेको डेसच्याम्पले बताए।
‘विश्वकप सुरु भएदेखि नै उनी पूर्णरुपमा खेलमा फोकस भएका छन्’, उनले भने, म उसलाई चिन्तित पार्न वा उसको ध्यान बिगार्न चाहन्न। उनी खेलमै एकदमै केन्द्रित छन्।’
जारी विश्वकपमा २३ वर्षीय एमबाप्पेले ५ गोल गरिसकेका छन्।
