spot_img
spot_img

प्रचण्डले बालुवाटार पुगेर देउवासँग मागे प्रधानमन्त्री पद

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। शनिबार बालुवाटार पुगेर पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्।

प्रत्यक्ष र समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक भएसँगै उनीहरुबीच नयाँ सरकार निर्माणका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

Workplace

‘निर्वाचनको परिणाम सार्वजनिक भएसँगै उहाँहरूबीच सरकार निर्माण लगायतका विषयमा छलफल भएको हो,’ प्रचण्डनिकट स्रोतले भन्यो।

भेटवार्ताका क्रममा प्रचण्डले देउवासमक्ष प्रधानमन्त्रीको प्रस्ताव गरेको बताइएको छ। जवाफमा देउवाले गठबन्धनभित्र छलफल गरेर अगाडि बढ्ने बताएका थिए।

नेकपा माओवादी केन्द्रले सरकारको पहिलो कार्यकाल आफूहरूले पाउनुपर्ने दाबी गर्दै आइरहेको छ। संसद् विघटनपछि कांग्रेसले सरकारको नेतृत्व गरेकाले यसपटक आफूहरूले नेतृत्व पाउनुपर्ने माओवादीको दाबी छ। अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमा सरकारको पहिलो कार्यकाल आफूले पाउने दाबी गर्दै आइरहेका छन्।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?