दाङ । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर एक महिलाको ज्यान गएको छ ।
तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर निवासी ५९ वर्षीया बसन्ती कुमालको जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

जलेर घाइते कुमालको कोहलपुर मेडिकल क्लेजमा उपचारका क्रममा शनिबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकी ७ बजेतिर आगोले पोल्दा कुमालको कम्बरदेखि तलको अधिकांश भाग जलेको थियो ।
घाइते कुमालको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो ।
