spot_img
spot_img

शनिबार मदिरा पसलअगाडि सरकारी सवारीकाे ताँती

रौतहटको गुजरा नगरपालिकाको सरकारी गाडी आज शनिबार रौतहटको नुनथर क्षेत्रको मदिरा पसलअगाडि फेला परेको छ।

ना १ झ १६२६ र प्रदेश २–०३–००१झ ००२१ नम्बरको गाडी रौतहटको पर्यटकीयस्थल नुनथरमा रहेको मदिरा पसलअगाडि दिनभर देखियो।

Workplace

शनिबारको दिन मदिरा सेवन गर्न गएका कर्मचारी मदिरा पसलमा रमाइलाे गरिरहेका थिए। सो विषयमा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत बनेका अहेब विनोदकुमार जयसवालसँग बुझ्दा उनले गाडीको विषयमा आफूलाई थाहा नभएको र उपमेयरले गाडी नुनथर लगेको बताए। तर, जयसवाल स्वयं ननुथरमै मदिरा सेवन गरेर बसेका थिए।

शनिबार सो नगरपालिकाका अधिकांश सरकारी नम्बर प्लेटका मोटरसाइकलसमेत नुनथरमै थिए। सो विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटमा सम्पर्क गर्दा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीको फोन उठेन । नयाँ पत्रिकामा प्रकाशित

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?