spot_img
spot_img

सरकार निर्माणको तयारीमा जुट्यो सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरू नयाँ सरकार निर्माणका लागि आन्तरिक छलफलमा जुटेका छन्। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका हुन्। दुवै दलले आज बैठक बोलाएका छन्।

कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए। उनका अनुसार आमनिर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो। बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुनेछ।

Workplace

यस्तै, नेकपा ९माओवादी केन्द्र०ले पनि पदाधिकारी बैठक बोलाएको छ। महासचिव देव गुरुङले बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने जानकारी दिए। बैठकमा सरकार गठन र संसदीय दलका नेता चयन लगायतका विषयमा छलफल हुने उनले बताए।

माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ। माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। तर, हाल कायम पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?