काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा साबिक उपविजेता क्रोएसिया यसपटक तेस्रो बनेको छ। मोरक्कोलाई २-१ ले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो ।
खालिफा रंगशालामा शनिबार रातिको खेलमा क्रोएसियाको तर्फबाट जोस्को ग्वार्डियोलले पहिलो गोल गरेका थिए। उनले खेलको सातौं मिनेटमा गोल गरेका हुन् ।

खेलको नवौं मिनेटमा आच्रफ डारीले मोरक्कको तर्फबाट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। ४२ औं मिनेटमा गोल गर्दै मिस्लाभ ओर्सिचले क्रोएसियालाई अग्रता दिलाए ।
दास्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । ओर्सिचको गोल नै क्रोएसियाको जितका लागि निर्णायक बन्यो।
