spot_img
spot_img

चर्चित इरानी अभिनेत्री अलिदोस्ती पक्राउ : सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोप

एजेन्सी । इरानमा सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा चर्चित अभिनेत्री तरानेह अलिदोस्ती पक्राउ परेकी छन् । अलिदोस्तीलाई पछिल्लो पटक भैरहेको प्रदर्शनमा समर्थन गरेको तथा झुट फैलाएको आरोपमा पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

अभिनेत्री अलिदोस्तीले हिजाब विरुद्ध भैरहेको प्रदर्शनलाई समर्थन गरी गएको हप्ता इन्स्टाग्राममा हिजाब विनाको आफ्नो तस्बिर राखेकी थिइन् । साथै उनले इरान सरकारले मोहसेन शेकरीलाई दिएको मृत्युदण्ड सजायको पनि आलोचना गरेकी थिइन ।

Workplace

इरानमा प्रहरीको हिरासतमा महसा अमिनीको ज्यान गएपछि प्रदर्शन भइरहेको छ । महिलाहरूको हिजाब विरोधी प्रदर्शनले इरानलाई नयाँ दिशामा डोर्याइरहेको कतिपयले विश्लेषण गरेका छन् । इरानमा अहिले भैरहेको प्रदर्शन सन् १९७९ मा भएको इस्लामिक क्रान्ति यताकै सबैभन्दा ठूलो चुनौती बनेको छ ।

हिजाब नलगाएको आरोपमा प्रहरीले हिरासतमा लिएकी २२ वर्षीय महसा अमिनीको गएको सेप्टेम्बर १६ मा ज्यान गएको थियो । तर प्रहरीले उनको हृदयघातका कारण ज्यान गएको दाबी गरेको छ । इरानमा कडा इस्लाम नियमहरू कार्यान्वयनमा छन् र त्यहाँ महिलाले शिर ढाक्ने पोसाक वा हिजाब लगाउनु अनिवार्य मानिन्छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?