काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
नयाँ मूल्यवृद्धिसँगै सुनको मूल्य पुनः तोलामा एक लाख रुपैयाँ नाघेको छ ।

शुक्रबार सुनको मूल्य ९९ हजार ९ सय, तेजावी सुनको मूल्य ९९ हजार ४ सय र चाँदीको मूल्य १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
