spot_img
spot_img

पक्राउ परेका महन्थ जग्गनाथ दासलाई अनुसन्धानका लागि रुपन्देही लगियो

महोत्तरी । महोत्तरी प्रहरीले किर्ते गरेको आरोपमा महिटानीस्थित लक्ष्मी नारायण मठका मान महन्थ जग्गनाथ दास वैष्णवलाई पक्राउ गरेको हो । आइतबार महिटानीस्थित मठबाट महन्थलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयका अनुसार रोक्का गरि राखिएको खाता फुकुवा गर्नका लागि किर्ते कागज बनाएको आरोपमा प्रहरीले महन्थलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

Workplace

पक्राउ परेका महन्थले रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नक्कली हस्ताक्षर गरि रुपन्देहीस्थित मेगा बैंकबाट ७० लाख ८२ हजार ५१० रुपैयाँ ३५ पैसा निकालिएको उनीमाथि आरोप रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

बैंकबाट निकालिएको सो रकम उनले जनकपुरका श्रवण यादवको खातामा जम्मा गरेको अनुसन्धानको क्रममा पाइएको छ । उनलाई थप अनुसन्धानको लागि रुपन्देही पठाईएको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?