spot_img
spot_img

न्यू होराईजन कलेजमा ‘मोटिभेसन’ कार्यक्रम सम्पन्न

सैनामैना । रुपन्देहीको ड्राईभरटोलस्थित न्यू होराईजन कलेजले आफ्ना बिएसी अध्ययनरत विद्यार्थीका लागि एक दिवसीय अध्ययन उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।

इफिसियन्सी डेभलपमेण्ट नामक मोटिभेसन कार्यक्रमलाई अन्तरराष्ट्रिय प्रशिक्षक ऋषिराम न्यौपानेले सहजीकरण गर्नुभएको हो । कार्यक्रममा आन्तरिक चेतनालाई अध्ययन, एकाग्रता, सफलता, लक्ष्य निर्धारण खुसी तथा सम्वृद्धिमा रुपान्तरण गर्ने विधिहरु सिकाइएको कलेजले जनाएको छ ।

Workplace

डायनमिक प्रशिक्षक न्यौपानेले तालिममा विद्यार्थीलाई विज्ञान र अध्यात्मलाई सकारात्मक शक्तिको रुपमा प्रयोग गर्दै नयाँ युग निर्माण गर्न सकिने धारणा राख्दै योग, ध्यान, अनुशासन र संस्कारको यथार्थ प्रयोग गरेर मात्रै उच्च नैतिक संस्कारयूक्त सभ्य तथा मर्यादित समाज निर्माण गर्न सकिने बताए ।

कार्यक्रमका अध्यक्ष तथा क्याम्पस प्रमुख गोपाल आचार्यले कलेजले विज्ञान अध्ययनरत विद्यार्थीका लागि मोटिभेसनलसहितका अनुसन्धानत्मक तथा प्रयोगात्मक पक्षलाई जोड दिदैँ बदलिदो समयानूकूल समृद्ध जीवनमूखी शिक्षा प्रदान गरिने धारणा राखे । उनले कलेजले सम्पूर्ण विद्यार्थीका लागि अब व्यवहारिक पक्षलाई फोकस गरि गतिविधी गर्ने बताए ।

कलेजका प्रोगाम कोओर्डिनेटर डा.तारानाथ भट्टराईले कलेजले विद्यार्थीको आन्तरिक क्षमतालाई मध्यनजर गर्दै गुणस्तरीय जीवन यापनमा सहज पुग्ने गरि परिस्कृत ढंगले शैक्षिक गतिविधी गर्दै अगाडि बढ्ने योजना रहेको बताए ।

तालिममा सहभागी विद्यार्थीहरुले किताबी ज्ञानको अलावा नियमित यस प्रकारका मोटिभेसन, रिसर्च बेस क्लास, प्रोजेक्ट वर्क तथा जीवन रुपान्तरण गर्ने खालका तालिमहरु आवश्यक रहेको बताए ।

तालिम अत्यन्तै प्रभावकारी रहेको बताउँदै सहभागीहरुले होराइजन कलेजका सबै शैक्षिक तथा अतिरिक्त गतिविधीहरु समयानूकूल प्रभावकारी र उपलब्धीमूलक भएको समेत उल्लेख गरे ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?