धरापमा आरन व्यवसाय

गाउँघरमा परम्परागत रुपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । धेरै मिहिनेतमा कम आम्दानी हुन थालेपछि यो पेसा विस्तारै लोप हुने अवस्थामा पुगेको हो । पुर्खौदेखि चल्दै आएको यो व्यवसाय बजारमै तयारी भएका साधन आएपछि यसको महत्व पनि त्यत्तिकै कमी भएको आरन व्यवसायीको गुनासो छ । गाउँघरमा प्रयोग हुँदै आएका हसियाँ, बन्चरोजस्ता हतियार पछिल्लो समय विस्तारै लोप हुँदै गएको पाणिनी गाउँपालिका ५ मैदानमा आरन चलाएर बस्दै आएका तुलबहादुर बि.क. बताउँछन् ।

‘पहिला–पहिला बजारमा पनि त्यस्ता साधन पाइदैनथ्यो। केही खर्च दिएर हसिया बन्चरोजस्ता घरायसी चाहिने हतियार बनाउन स्थानीयको चाप हुने गर्दथ्यो, उनले भने, ‘अहिले कतै कतैबाट मात्र यस्ता साधन बनाउन आउँछन् ,बजारमा उत्पादित सामानले हाम्रो व्यवसाय पनि लोप हुने अवस्थामा पुगेको छ ।’

समयको क्रमसँगै विस्तारै गाउँघरमा परम्परागत रुपमा चलिआएका पेसा पनि लोप हुने स्थितिमा रहेको सन्धिखर्कका खुम बहादुर वि.क. बताउँछन् ।

यस्ता पुराना पेसालाई आधुनिकीकरण गर्दै संरक्षण र सम्बर्द्धन गर्न सकेमा आयआर्जनको गतिलो सम्भावना रहेको उनीहरु बताउँछन् ।

पुर्ख्यौली सीप सिकेर खेर नजाने भन्दै यो व्यवसाय छाडेर पनि कुनै आम्दानी गर्ने अन्य स्रोत केहि नभएकाले पनि यसै व्यवसायमा दिन काट्नु परेको तुल बहादुरको भनाई छ ।

‘मैले वुवासँग हसियाँ, बन्चरो बनाउने सीप सिकेकाले पनि अहिले मलाई अन्य केही आम्दानीको स्रोत नभए पनि यो सिप काम लागेको छ,’ उनले भने, ‘त्यसैले पुर्ख्यौली पेसा र सीपलाई बचाई आम्दानीको स्रोत बनाउन मेरा परिवारलाई सम्झाउँदै आएको र यसैलाई आफ्नो रोजीरोटिको रुपमा लिदै आएको छु ।’

एउटा हसियाँको ३०० रुपैयाँदेखि ८ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताउँदै बिकले हसियाँ बनाउन एक दिन लाग्ने र त्यो पनि बिक्री नहुने हुँदा सबैले यस्ता पेशा छोड्दै कामका लागि खाडी मुलुक जानुपर्ने अवस्था आउदा पेसा नै लोप हुन लागेको बताए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (67%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?