अर्घाखाँची । पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा गई
अनावश्यक खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गइरहेका बेला मलारानी गाउँपालिकाका शोभाखर खनालले भने विद्यालय र मृगौला पिडितलाइ अर्थिक सहयोग गरेर जन्मदिन मनाएका छन् ।
नेपाली कांग्रेस मलारानिका सभापती समेत रहेका खनालले जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर
३ को सुन्दरा निम्नमाध्यमिक विद्यालय खनदहका ३ विद्यार्थीलाई जनही ५००/५०० का दरले आर्थिक सहयोग ४० जना विद्यार्थीलाई शैसिक सामाग्री फलफुल साथै विद्यालयलाइ १ व्यान फिल्टर उपलब्ध गराएको गराएका छन् ।

यस्तै खनालले जन्मदिन कै अवसरमा मालारानी गाउँपालिका वडा नं. ५ निवासी मृगौला पिडित विनोद चौहानलाई रु २ हजार ५ सय २५ रुपैया समेत सहयोग गरेका छन् ।
जन्मदिनमा अनावश्यक खर्च गरि मनाउनु भन्दा सामाजिक कार्यमा खर्च गरेको खनालको भनाइ छ ।
