अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले मंसिर महिनामा मात्र राहदानी बापत ३७ लाख ५० हजार राजस्व संकलन गरेको छ ।
प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार सामान्य र द्रुत सेवा सिफारिस बापत ३७ लाख ५० हजार बराबरको राजस्व संकलन भएको हो । कार्यालयले मंसिर महिनामा मात्र ६ सय नब्बे सामान्य सिफारिस र ६१ द्रुत सेवा सिफारिस अन्तर्गत गरि ७ सय ५१ वटा राहदानी सिफारिस गरेको छ । भने १ सय ५१ वटा राहदानी बितरण गरेको जिल्ला प्रशासन कार्यालका प्रशासन अधिकृत नुमलाल पन्तिले जानकारी दिए ।

यस्तै हालसम्म जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले ३ हजार ५ सय ३१ सामान्य सिफारिस र ३ सय ७७ द्रुत सेवा सिफारिस गरि ३ हजार नौ सय आठ वटा राहदानी सिफारिस गरेको छ । सो सिफारिस बापत हालसम्म १ करोड ८० लाख ६० हजार राजस्व संकलन गरेको छ ।
यस्तै कार्यालयले मंसिर महिनामा मात्र वंशजका आधारमा ५ सय ६३ जना र वैवाहिक अंगिकृतका आधारमा ४ जनालाई नागरिकता वितरण गरेको छ ।
