spot_img
spot_img

सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक : चौध बर्षसम्म ट्र्याक खोल्ने काम सकिएन

अर्घाखाँची । सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक अर्घाखाँचीको विकासमा एउटा इँटा थप्ने सडक हो । डेढदशक अगाडिदेखि तराई, पहाड र हिमाललाई जोड्नेगरी सुरु भएको सडकखण्डको कामले तीव्रता पाएको छैन । ट्र्याक खोल्ने, साँघुरो सडक चौडा गर्ने विषयमा सन्धिखर्क बजार, लगायतका ठाँउमा विवाद कायमै रहेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिकाको सालझन्डीबाट बागलुङको ढोरपाटनसम्म ट्र्याक खोल्ने काम सकिए पनि सन्धिखर्कमा विवाद रहँदा यो सडकले अझै पूर्णता पाउन सकेको छैन ।

Workplace

२०६५ सालमा निर्माण कार्य सुरु भएको सडकको ट्र्याक खोल्ने काममा करिब ९७ प्रतिशत काम सम्पन्न भएको छ । सन्धिखर्कमा लामो समयसम्म विवाद कायम रहेपनि विवाद सुल्झिएको छैन ।

सन्धिखर्क चुत्रावेशीको मोटरेवल पुलबाट सडकलाई कता लैजाने भन्ने विषयमा विवाद छ । पुलबाट सन्धिखर्कको रतहले बजार वा चुत्रावेशी बजार गरी दुईवटा विकल्प अघि सारे पनि दुवै ठाउँका स्थानीयले ट्र्याक खोल्न नदिने अडान राख्दै आएका छन् । सडक आयोजनाका निमित्त प्रमुख शरद आचार्यका अनुसार ट्र्याक खोल्न वाँकी रहेको क्षेत्रमा समन्वयकारी भुमिका भएकोले अब छिटै काम अगाडि बढ्ने बताए ।

गुल्मीका स्थानीयले तानसेन–सिद्धबाबा सडकको विकल्पमा प्रयोग गर्ने तथा अर्घाखाँचीका बासिन्दा सन्धिखर्कबाट दुई घण्टामै बुटबल जान सकिने भनिएको सो सडक निर्माणको काम भने मन्द गतिमा अगाडि बढेको छ । समयमा सडकको काम हुन नसक्दा बिच्छ्याइएको ग्राभेल उप्किनुको अलावा वर्षातको भेलले कतिपय स्थानीयहरूको उठिबास बनाएको छ । सडकको सहज यात्रा गर्नबाट स्थानीयहरू वञ्चित बनेका छन् ।

यो सडक निर्माण हुँदा बुटवलबाट अर्घाखाँचीको र गुल्मीको यात्रा छोटिन्छ । बागलुङ पश्चिमी क्षेत्रका स्थानीय, प्यूठानको पूर्वी क्षेत्र र रुकुमपश्चिमका स्थानीय यस सडकबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । जम्मा एकसय ९७ किलोमिटर लम्वाई रहेको यस सडक रुपन्देही जिल्लामा पाँच किलोमिटर पाल्पामा बीस किलोमिटर रहेको छ । त्यस्तै अर्घाखाँचीमा सत्तरी किलोमिटर गुल्मीमा चालीस र बाग्लुङमा पचास किलोमिटर क्षेत्र सडकले ओगटेको छ । बाग्लुङको धार्मिक तथा पर्यटकीय क्षेत्र ढोरपाटनसम्म पु¥याइएको यो सडकले पर्यटन प्रवर्द्धनका लागि महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरीएको छ ।

नेपालको एकमात्र शिकार आरक्षण रहेको ढोरपाटन शिकार आरक्षण लाइ लक्षित गरी निर्माण थालीएको सडकको चौध बर्षसम्म ट्र्याक खोल्ने कामसम्म सकिएको छैन ।

फुदवाङदेखि बलेबाङसम्म १० किलोमिटर,रुब्दि देखि माटे सम्म करीव ५ किलोमीटर र अन्य ३ ठाउमा गरी १८ किलोमिटर सडक पिच भएको छ ।

सडक खुलेसँगै लुम्बिनी आएका पर्यटक पहाडी जिल्लाअन्तर्गत पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङको अवलोकन र भ्रमण गराउन सकेमा यहाँका बासिन्दाको आयआर्जनमा टेवा पुग्ने देखिन्छ ।

कुल ८ अर्बको डिपिआर भएको यो सडकमा हालसम्म करीव तीन अर्ब बजेट सकिएको छ ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?