एजेन्सी । साविक विजेता लिभरपुललाई ३-२ ले पराजित गर्दै म्यानचेष्टर सिटी इंग्लिस लिग कप (इएफएल) को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा बिहीबार राति भएको खेलमा सिटीलाई जिताउन नाथन एकेले निर्णायक गोल गरे ।

सिटीले अब क्वाटरफाइनलमा साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै म्यानचेष्टर युनाइटेडले तेस्रो श्रेणीको चार्ल्टन एथ्लेटिकसँग खेल्नेछ भने प्रिमियर लिगकै नटिङहम फरेस्ट र वल्भ्स तथा न्युकासल र लेस्टर सिटी क्वाटरफाइनलमा भिड्ने छन् ।
