काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना समाप्त हुन लागेको टिप्पणी गरेका छन् ।
एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आायाेजना गरेको कार्यक्रममा उनले प्रचण्डले ढिला गरेको बताए ।

ओलीले संस्कृतको एउटा नीति श्लोक सुनाउँदै जुनसुकै काम पनि बेलामा नगरेमा त्यसको फल खान नपाउने बताए ।
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते बेलुका ५ बजेसम्मको समय दिएकी छन् । सत्तारुढ गठबन्धनबाट प्रधानमन्त्री को हुने भन्नेमा सहमति जुटेको छैन । माओवादी अध्यक्ष प्रचण्ड पहिलो पालोमा प्रधानमन्त्री हुन चाहन्छन् । त्यसका लागि उनले सत्ता गठबन्धनभित्रको कांग्रेससँगै बाहिरको नेकपा एमालेसँग पनि संवाद गरिरहेका छन् ।
यसै सन्दर्भमा ओलीले प्रचण्डले ढिलो गरेको प्रतिक्रिया दिएका हुन् ।
