काठमाडौँ । गठबन्धनबाट पहिलो कार्यकाल प्रधानमन्त्री आफूले पाउनुपर्ने दाबी गरिरहेको नेकपा (माओवादी केन्द्र)ले सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको बताइएको छ । पुस ७ मा बसेको संसदीय दलको बैठकमा सांसदहरूलाई प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने क्रममा पेस गर्नका लागि हस्ताक्षर संकलन गरिएको हो ।
माओवादी केन्द्रका एक सांसदका अनुसार सांसदहरूलाई प्रधानमन्त्रीमा दाबी लगायत विभिन्न काममा प्रयोग गर्नका लागि भनेर संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरिएको थियो । उक्त बैठकमा अनुपस्थित सांसदहरूको शनिबार बिहानसम्म हस्ताक्षर लिइसकिएको बताइएको छ । हस्ताक्षर संकलन कार्यमा संलग्न एक सांसदले सबै सांसदहरूको हस्ताक्षर लिइसकिएको छ ।
