काठमाडौँ । लोकगायनमा आधारित रियालिटी शो ‘हिमालय लोकस्टार नेपाल’को दोस्रो सिजन पुस १९ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ ।
शुक्रबार राती सम्पन्न ‘द भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा उक्त शोको प्रसारण मिति घोषणा भएको हो । निर्णायकद्धय ज्योति मगर र कुलेन्द्र विश्वकर्माले मिति सार्वजनिक गरेका हुन् ।

जसअनुसार हरेक मंगलबार र बुधबार राति ८ बजेदेखि शो प्रसारण हुने भएको छ । शोको निर्णायकमा कुलेन्द्र र ज्योतिसहित लोकगायक कुमार बस्नेत र रामजी खाँड छन् ।
