प्रधानमन्त्रीसहित भागबण्डा मिलाउन बालुवाटारमा बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलको बैठक सुरु भएको हो।

बैठकमा सरकारको नेतृत्व र सत्ताका मुख्‍य जिम्मेवार पदहरूको भागबण्डा र शक्ति बाँडफाँडका विषयमा कुराकानी हुने बताइएको छ। गठबन्धनभित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद रहेको छ।

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच सरकारको नेतृत्वका विषयमा कुरा मिल्न बाँकी छ। साथै गठबन्धनभित्रको भागबन्डाका विषयमा पनि छलफल हुने बताइएको छ।

शनिबार साँझ बसेको बैठकले आज पुन: बैठक बस्ने निर्णय गरेको थियो। बैठकअघि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भएको थियो।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (33%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?