सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्न समर्थन गरेका दलहरूको बैठक बस्न लागेको हो।

शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरमा सत्ता गठबन्धनको बैठक बस्ने एक नेताले बताए।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए।
