spot_img
spot_img

नियमविपरीत राखिएका निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका हुन् ।

Workplace

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था अनुसार बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूले कार्यविधिमा तोकिए अनुसार मात्र व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने विज्ञप्तिमा उल्लेख छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?