प्युठान । पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा गई अनावश्यक खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गइरहेका बेला प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले बिपन्न परिवारलाई खाद्यान्न बितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् ।
उपाध्यक्ष पोखरेलले जिल्लाको झिमरुक गाउपालिका ६ मर्कावाङमा ५ बिपन्न परिवारलाई खाध्यान्न दाल, तेल,नुन चामल सहयोग गरेका हुन् । उनले हरेक बर्ष आफ्नो जन्मदिनमा बस्ती-बस्तीमा पुगेर हरेक किसिमको सहयोग गर्दै आएका छन् ।

जन्मदिनमा अनावश्यक खर्च गरि मनाउनु भन्दा सामाजिक कार्यमा खर्च गरेको पोखरेलको भनाइ छ । यसो गर्दा आफुलाइ खुसी मिल्ने र बिपन्नको घरमा चुलो जल्ने हुदा यस्तो कमलाइ निरंतरता दिने उनको भनाइ छ ।
