spot_img
spot_img

आरआर कलेजमा विद्यार्थीबीच खुकरी हानाहान, घाइतेको उपचार हुँदै

काठमाडौं । प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा विद्यार्थीबीच खुकुरी हानाहान भएको छ। प्रत्यक्षदर्शी एक विद्यार्थीका अनुसार दुईजना घाइते भएका छन्।

कारणबारे आफूलाई जानकारी नभए पनि स्ववियु निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा विवाद भएको हुनसक्ने उनले बताए। घाइते विद्यार्थीलाई काठमाडौं मोडल अस्पतालमा लगिएको ती विद्यार्थीले जानकारी दिए।

Workplace

घाइते हुनेमा अखिलका मदन भण्डारी, लोकेश खड्का लगायतका विद्यार्थी नेता रहेका छन्।

जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको जानकारी दिए। कुन–कुन पक्षबीच झगडा भएको खुलेको छैन।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?