अर्घाखाँची । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन अर्घाखाँचीले जिल्लामा विभिन्न जिल्लाबाट सरुवा भई आउने कर्मचारीहरुलाई आज एक कार्यक्रममा बीचमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
केही समय अगाडि सरुवा भइ आएका जिल्ला समन्वय अधिकारी हरि प्रसाद शर्मा, सिचाई डिभिजन प्रमुख धुबराज आचार्य, करदाता कार्यालयका नासु टोप बहादुर गुरुङ्ग, नासु पुष्षा पाण्डे, जिल्ला अदालतमा सरुवा भई आएका अशोक भण्डारी खरिदार हरिनारायण महतो , ईशान पाण्डे, राजु भट्टाराई, पुष्षा कुमारी कुमाल लगायतका कर्मचारीलाई स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा मन्तब्य राख्दै समन्वय अधिकारी हरि प्रसाद शर्माले कर्मचारीले सेबा प्रबाहको क्षेत्रलाई प्रभाबकारी र सेवामुलक बनाई जनतालाई सहज र सरल सेबा दिइएर कर्मचारीको पहिचान र सेवा प्रबाहलाई पारदर्शि बनाउनुपर्ने बताए । कार्यक्रममा सिचाई डिभिजन प्रमुख धुबराज आचार्य पत्रकार महासघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै कर्मचारीले सेवा प्रबाहलाई प्रभाबकारी बनाउनु पर्ने बताएका थिए ।
कार्यक्रम युनियनका जिल्ला अध्यक्ष कृष्ण बर्माको अध्यक्षता सदस्य नारायण दमासेको सञ्चालन उपाध्यक्ष हरि प्रसाद डुम्रे स्वागत मन्तयमा कार्यक्रम सम्पन्न भएको थियो
